पूर्वेली ढुवानी सेवाको विश्वकर्मा पूजा

0
3

बुट्टाबारी ।
पूर्वेली ढुवानी सेवाले भब्य रुपमा विश्वकर्मा पूजा गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले  एकै स्थानमा ३० वढी सवारी साधनको भव्य रुपमा विश्वकर्माको पूजा गरेको हो । ढुवानी सेवाले बिर्तामोड–६ स्थित बुट्टाबारीमा ३० वढी ट्रकसहित अन्य सवारी साधनको पूजा एकै स्थानमा गरेको हो ।
पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् ।

सुनसरीको इटहरीमा शाखा कार्यालय रहेको ढुवानी सेवाले देशैभर ४० वढी ट्रकबाट सेवा प्रदान गर्दै आएको छ । सञ्चालक निर्मल सामाजिक कार्यमा समेत सक्रिय छन् । उनले बिभिन्न सामाजिक कार्य पनि गर्दै आएका छन् ।
ढुवानी सेवाले आयोजना गरेको पूजामा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, सञ्चारकर्मी, प्रहरी, सवारी साधनका स्टाफलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here