कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, दुई तिहाइको समर्थन

0
31

झापा, कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन्।

मत बिभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। नेकपा एकीकृत समाजवादीका २ जनाले भने मतदान गरेनन्। सभामा प्रदेश बैठकमा ८३ सदस्य उपस्थित रहेका थिए।

यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले आज पुनः विश्वासको मत लिनुपरेको हो।
कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्। नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाक १ प्रदेश सभा सदस्य छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here