सिम्रिकको १४ औं साधारण सभा, अध्यक्षमा पुनः भट्टराई

0
26

बिर्तामोड,  सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पुनः सुवाश भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । 
बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरणसंग संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा देवीमहतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको सभाले नयाँ नेतृत्व समेत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा किरण कपुरी, सचिव महेन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमान बिष्ट पुनः चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा लीला मुखिया, शशीकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नबिज जोगी छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा रमेशकुमार अधिकारी पुनः निर्वाचित भएका छन् । सदस्यहरूमा मीनप्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएको जनाइएको छ ।


यसैबीच सहकारीले गत आव २०७९÷८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले ५ करोड २७ लाख ६५ हजार ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ ।
खुद आम्दानीबाट संस्थाले १ करोड ४० लाख ७५ हजार ३१९ रुपैयाँ शेयर लाभांश कोषमा छुट्याएको र ४.९५ प्रतिशतले वितरण गर्न लागिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
’एक घर एक सदस्य अभियान; सिम्रिक सफलताको हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ संचालित सिम्रिकले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४२३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । सिम्रिकको प्रधान कार्यालय झापाको बिर्तामोडमा रहेको छ ।
कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, सेवाकेन्द्र र पत्रकारलाई सम्मान समेत गरिएको थियो । संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो ।
त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजस साह, बीरबहादुर राई र फूलमाया तामाङलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा सदस्य सेवा केन्द्र धुलाबारी र मधुमल्ला सेवाकेन्द्र लाई सम्मान गरेको हो । नगद रू १५ हजार सहित दुवै सेवाकेन्द्रलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागतगरेको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here