वीरता जेसीजको जेसीज सप्ताह सुरु

0
101

झापा, वीरता जेसीज बिर्तामोडले जेसीज सप्ताह शुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै जेसीज सप्ताह शुरु गरेको हो । सप्ताह कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले गरेका थिए । 
वीरता जेसीजका अध्यक्ष विकास वस्नेतको अध्यक्षतामा बिर्तामोडस्थित पश्चिम वस स्टेनमा कार्यक्रम गरिएको थियो । राष्ट्रिय सभा सदस्य एवम् सडक दुर्घटना न्यूनीकरण महाअभियानका परिकल्पनाकार समेत रहेका गोपाल कुमार वस्नेतको विशेष आतिथ्यमा भएको कार्यक्रममा सवारी चालकलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट चालकका रुपमा गोविन्द ढकाल, विष्णु सार्की र हरिचरण पौडेललाई सम्मान गरिएको थियो ।
जेसीजका उपाध्यक्ष सुशील थापाको संयोजकत्वमा भएको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष राज मुखियाले गरेका थिए भने मिसन भिजन कार्यकारिणी उपाध्यक्ष अमरजीत साहले गरेका थिए ।


सो अवसरमा सवारी चालक तथा सह चालकहरुको आँखा जाँच गरिएको थियो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा एक सय भन्दा धेरै सवारी चालक तथा सह चालकहरुको आँखा जाँच गरिएको हो ।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल,बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम कुँवर, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदन गोपाल सुब्बा, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता विमली, पूर्वी नेपाल वस व्यवसायी संघका उपाध्यक्ष गोपाल तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुमन पोद्दारले गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ बिर्तामोड सिटीका अध्यक्ष उपेन्द्र वानिया, चेम्वर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अध्यक्ष भेषराज भण्डारी प्रशान्त,जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष रमेश पोखरेल, बिर्तामोड साना सहरी खानेपानीका अध्यक्ष मेघराज वास्तोला, जेसीजका राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी, जुनियर जेसीजका अध्यक्ष एनिक चौधरी लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here