यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई

0
40

झापा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसर पारेर प्रधानाध्यापक अम्विका श्रेष्ठलाई पुरस्कृत गरेको छ । बिर्तामोड नगरपालिका– ५ मा रहेको देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक श्रेष्ठलाई यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हो ।तस्वीर झापा टुडे

तस्वीर : jhapatoday

श्रेष्ठले नेतृत्व गरेसंगै विद्यालयमा विद्यार्थीको चाप बढ्नुका साथै शैक्षिक गुणस्तर समेत सुधार आएको र परिष्कृत भएको भन्दै प्रधानाध्यापक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । उनलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई पुरस्कृत गरेका थिए । योसंगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा पारेर श्रेष्ठसहित देशभरका सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here