बाह्रदशीमा सेवा निवृत्त शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान

0
23

झापा, राष्ट्रिय शिक्षा दिवसको अबसर पारेर बाह्रदशी गाउँपालिकाले सेवा निवृत्त शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच सेवा निवृत्त चार जना शिक्षक तथा कक्षा ८, कक्षा १० र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै अतिरिक्त शैक्षिक क्रियाकलावमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको बाह्रदशी गाउँपालिका शिक्षा शाखाका प्रविधिक सहायक योगराज पौडेलले जानकारी दिए । सम्मानित हुने शिक्षकहरुमा लालवहादुर राजवंशी, महेन्द्रप्रसाद पराजुली, मोतिखर अधिकारी र धनवहादुर वस्नेत रहेका छन् ।


पालिकाद्वारा कक्षा ८ मा उत्कृष्ट अंक ४ जीपीए ल्याउने फूलवारी माध्यमिक विद्यालयका विद्यार्थी शिवानी पोखरेल, ३.८१ जीपीए ल्याउने पशुपति माध्यमिक विद्यालयका मौसम पौडेल, ३.९७ जीपीए ल्याउने ज्ञानज्योति अग्रेजी माध्यमिक विद्यालयका अमन गणेश र ३.९७ नै जीपीए ल्याएर उत्तीर्ण हुने आरम्भ बाल शिक्षालयका विद्यार्थी एलिस खड्कालाई पुरस्कृत गरिएको थियो ।
३.४७ जीपीए ल्याउँदै कक्षा १० अर्थात ( माध्यमिक शिक्षा परीक्षा (एसइई) ) उत्तीर्ण गर्ने विद्यार्थी गौरीशंकर माध्यमिक विद्यालयबाट सेविका निरौला, गौरीशंकर माध्यमिक विद्यालयबाट नै ३.८२ जीपीए ल्याउने टेकनाथ सोरेन, पशुपति माध्यमिक विद्यालयबाट ३.७१ जीपीए ल्याउने रिसव भट्टराई ,कञ्चनज्योति आधारभूत विद्यालयबाट ३ . ८७ जीपीए ल्याउने सिम्रन सापकोटा र ३. ८२ जीपीए ल्याउने लिटलस्टार अंग्रेजी माध्यमिक विद्यालयका सन्देश विष्टलाई पुरस्कृत गरिएको थियो ।
यता कक्षा १२ तर्फ उत्कृष्ट अंक ल्याउने पशुपति माध्यमिक विद्यालयका चार जना र दीपजन अंग्रेजी माविका दुई जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
पशुपति माविबाट ३.२७ जीपीए ल्याउने सिमा सिलवाल, ३ .४९ जीपीए ल्याउने किरण राजवंशी, ३ .४६ जीपीए ल्याउने रोशन ओझा रहेक छन् । उनीहरुलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै दीपजनबाट स्मृति पौडेल (३.५४) र हिमेश कुमार श्रेष्ट (३.६८) रहेका छन् । उनीहरुलाई समेत पुरस्कृत गरियो ।
अतिरिक्त शैक्षिक क्रियाकालव तर्फ आधारभूत तह (१–५) मा भएको हस्त लेखन प्रतियोगीतामा गौरीशंकर माविका विद्यार्थी प्रास्ना निरौला, द्वितीय पञ्चमणि र तृतीय पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
आधारभूत तह अन्तरगत (६– ८) म भएको हिज्जे प्रतियोगितामा पशुपति मावि प्रथम, फूलवारी द्वितीय र कटरडाँगी आधारभूत विद्यालयका विद्यार्थी तेस्रो भए । उनीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका प्रमुख देविन्द्र प्रसाद चम्लगाईले नगद सहित पुरस्कृत गरेका थिए ।


माध्यमिक तहमा ज्ञानज्योति प्रथम, फूलवारी द्वितीय र नमूना अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी तेस्रो भएका थिए । उनीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
बाह्रदशी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक पञ्चानन् राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख योगराज पौडेलले स्वागत गरेका थिए ।


गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको प्मुख आतिथ्यमा भएको कार्यक्रममा वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्की, शिक्षक महासंघ बाह्रदशीका अध्यक्ष गुणनीधि लुइँटेल, प्याव्सन झापाका कार्यवहाक सचिव लक्ष्मी प्रसाद उप्रेती, सेवा निवृत शिक्षक लाल वहादुर राजवंशी, जनविकासका प्रधानाध्यापक श्याम नारायण गोश्वामी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here