एसइईमा उत्कृष्ट अंक ल्याउने टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाद्वारा निःशुल्क ल्यापटप

0
98

झापा, २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले एक लाख मूल्य बराबरको ल्यापटप प्रदान गर्ने बताएका छन् । अध्ययनप्रति थप प्रोत्साहित गर्न सोरेनलाई ल्यापट प्रदान गर्न लागिएको जनाइएको छ ।
राष्ट्रिय शिक्षा दिवसका अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच अध्यक्ष चम्लगाईले सोरेनलाई ल्यापटप प्रदान गर्न लागिएको बताएका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत उनी २०८० सालको एसइई परीक्षा सीमान्तकृत सन्थाल समुदायबाट सहभागी बनेका थिए । उनी सन्थाल समुदायबाट हालसम्मकै उच्च अंक ल्याउने विद्यार्थी हुन् । सोरेनले २०८० को एसइईमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।
टेकनाथ विद्यालयका अनुशासित र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालको भनाई छ । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेनको भनाइ छ ।
बाह्रदशी गाउँपालिका ७ डाँगीबारी निवासी टेकनाथका बुवा राजिन्दर र आमा उषाको कोखबाट उनी २०६४ साउन ३० गते जन्मिएका थिए । उनका वुवाआमा सामान्य खेतीपाती र दैनिक ज्यालादारी गर्दै आएका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणना अनुसार ५७ हजार ३१० जनसंख्या रहेको छ ।
सोरेन हाल बिर्तामोडमा रहेको निदि सेकेण्डरी स्कूल÷इन्द्रेणी क्याम्पसमा अध्ययनरत रहेका छन् । उनलाई सो विद्यालयले समेत निःशुल्क अध्ययन गराई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here