ब्राइट फ्युचर स्कुलका संस्थापक प्रिन्सिपल ढकालसहित पाँच निजि विद्यालयलाई राष्ट्रिय शिक्षा पुरस्कार

0
68

योगेन्द्र योगी,
बिराटनगर।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ ।

बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् । सूचीअनुसार कोशी प्रदेशबाट पाँच वटा निजि विद्यालयले पुरस्कार पाउने भएका छन् ।

जस अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका ८ स्थित सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले राष्ट्रिय शिक्षा पुरस्कार पाउने भएका ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पुरस्कार निजी विद्यालय तर्फ फ्युचरका संस्थापक प्रिन्सिपल ढकाललाई राष्ट्र शिक्षा दिवस २०८१ को अवसरमा प्रदान गरिएको गर्न लागिएको हो ।

यस्तै कोशी प्रदेशबाट राष्ट्रिय शिक्षा पुरस्कार पाउने निजी विद्यालयहरुमा माउण्ड मेची बोर्डिंङ स्कुल इलामका प्रिन्सिपल राजेन माइकल गुरुङ, मदरल्याण्ड अंगेजी बोर्डिंङ स्कुल धनकुटा हिलेका प्रिन्सिपल प्रेम बहादुर लिम्बु रहेका छन् ।

यसैगरी, युनिक एण्ड युनाइटेड पब्लिक एकेडेमीका शिक्षक यसोधा प्रधान र लालीगुराँस इङ्ग्लिस बोर्डिंङ स्कुल सिद्धीचरण ओखलढुंगाका प्रिन्सिपल सुर्य बहादुर श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्रधान गर्न लागिएको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here