माई, इलाम ।
मिर्गौला रोगबाट केही समयदेखि बिरामी भई उपचारका क्रममा रहनु भएकी इलाम जिल्ला माई नगरपालिका वडा नम्बर-४ शुक्रबारे वजार निवासी उमेश शेर्पा की ९ बर्षिय छोरी आरुसी शेर्पालाई कतारमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन।
माई नगरपालिका वडा नं-३ भलायोटार निवासी तिलक कार्कीको अगुवाइमा अच्युत भट्टराई, पुरुषोत्तम लोहोनी लगायत कतारमा रहेका २४ जनाले पठाएको नगद ५४ हजार ३ सय ६० रुपैया विहिवार सहयोगी तिलकका भाई वचन कार्की, बुहारी मनिषा चौहान र पत्रकार विमल दहालले पिडित वालिकाकी आमा कमला राई शेर्पालाई हस्तान्तरण गरेका छन।
हाल कान्ति वाल अस्पताल काठमाडौँमा उपचाररत आरुषीको मृगौलामा समस्या रहेको र नियमित फलोअप गराउनु पर्ने परिवारले वताएको छ। आर्थिक अवस्था नाजुक रहेको शेर्पा परिवारले छोरीको उपचारमा सहयोग गरिदिन अनुरोध गरे संगै मनकारी ब्याक्तिहरुले आर्थिक सहयोग गर्दै आएका छन।
आरुषीलाई सहयोग गर्न चाहाने ब्याक्तिहरुले ARUSHI SHERPA नाममा रहेको सानिमा बैंक लिमिटेड, माई शाखाको खाता नम्बर 052011080000576 मा वा सिधै परिवारलाई भेटेर सहयोग गर्न समेत परिवारले अनुरोध गरेको छ।