संविधान दिवसमा साथी समूहको वृहत् रक्तदान

0
41

भद्रपुर।

भद्रपुरको झापाचोकमा वृहत् रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा भद्रपुर मावि २०५४/०५५ एसएलसी ब्याचका साथी समूहले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १० महिला र ६६ पुरुषले रगत दिएको साथी समूहका अभिषेक बर्मन (गोपेश)ले जानकारी दिए ।

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी, ५ नम्बर वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, समाजसेवी धनजुजु श्रेष्ठ, अधिवक्ता सुरज खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै सोही कार्यक्रममा न हेरौँ जात, न समुदाय, न धर्म, रक्तदान जीवनदान सम्झी गरौँ सत्कर्ममा भन्ने उद्देश्य राखेर विभिन्न जातका धर्मगुरुहरूले आ–आफ्नो धर्मका बारेमा प्रवचन दिएका थिए ।

सुखमा पनि, दुःख पनि साथी समूह भर्खरै मात्र गठन भएको हो । गुरुपूर्णिममा दिन सो समूहले दर्जनौँ गुरुहरूलाई सम्मान गरिसकेको र यसले विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने समूहका विश्वराज थापाले जानकारी दिए ।

यसैगरी अर्जुनधारा जेसीजले संविधान दिवस अपाङ्ग बालसरोकार केन्द्र अर्जुनधारामा मनाएको छ । अपाङ्ग बालसरोकार केन्द्रलाई खाद्य सामग्री प्रदान गर्दै जेसीजले संविधान दिवस मनाएको हो । संस्थापक अध्यक्ष इन्दिवर खड्काको प्रमुख आतिथ्यमा सरोकार केन्द्रमा रहेका वालबालिकाका लागि खाद्य सामग्री प्रदान गर्दै जेसीजले संविधान दिवस मनाएको हो ।

सो सामग्री अपाङ्गबाल सरोकारका सञ्चालक कृष्ण दुलाललाई हस्तान्तरण गरिएको थियो ।
अर्जुनधारा जेसीजका सभापति वसन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बेदनारायण पोदारले र सञ्चालन गौरव भण्डारी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here