अर्जुनधारा नगरपालिकाको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

0
17

अर्जुनधारा ।

६०औं राष्ट्रिय शिक्षा दिवस–२०८१को सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालिकाको आयोजनामा आइतबार विभिन्न नगरस्तरिय अन्तर विद्यालय प्रतियोगिताहरु सम्पन्न भएको छ ।

ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीमा सक्षमता भन्ने मुख्य नारासहित अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको संयोजनमा आयोजित कार्यक्रम अन्र्तगत चित्रकला(कक्षा–१ देखि ५), हाजिरी जवाफ(कक्षा–६ देखि ८), वकतृत्वकला(कक्षा–९ देखि १०) र गायन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्र्तगत चित्रकलातर्फ जम्मा सहभागी ३६ वटा विद्यालयमध्ये प्रथम अर्जुनधारा–३स्थित जनता माध्यमिक विद्यालयकी छात्रा इच्छा गुरुङ, द्वितीय अर्जुनधारा–६स्थित बालकल्याण आधारभूत विद्यालयकी छात्रा सक्षम राई, तृतीय अर्जुनधारा–६ स्थित ब्रीलियन्ट पिपुल्स इङलिस सेकेन्डरी स्कूलकी छात्रा आरती खतिवडा र सान्तवना अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठका छात्र अंशुमान बस्याल भएका छन् ।

त्यसैगरी हाजिरीजवाफतर्फ जम्मा सहभागी २७ वटा विद्यालयमध्ये प्रथम अर्जुनधारा–६स्थित वल्र्ड भिजन इङलिस स्कूलका विद्यार्थीद्वय निश्चल नेपाल र रिश्मा बस्नेत, द्वितीय अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीद्वय दीनेश सापकोटा र स्तुती कट्टेल, तृतीयद्वय अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूलका विद्यार्थीद्वय आराध्या दाहाल र दीवस धमला तथा अर्जुनधारा–११स्थित होलिका इङलिस बोर्डिङ स्कूलका विद्यार्थीद्वय टंक गौतम र रोशिका वाग्ले भएका छन् । त्यसैगरी सान्तवना अर्जुनधारा–१स्थित कञ्चनजंगा इङलिस बोर्डिङ स्कूलका जेनीसा राई र राजेन्द्र आचार्य भएका छन् ।

त्यस्तै वकतृत्वकलातर्फ जम्मा सहभागी १८ वटा विद्यालयमध्ये प्रथम अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूलकी छात्रा मीना प्याकुरेल, द्वितीयद्वयमा अर्जुनधारा–१स्थित कञ्चनजंगा इङलिस बोर्डिङ स्कूलका छात्र संयोग खड्का र अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डिङ स्कूलकी छात्रा अंकिता बस्नेत, तृतीय अर्जुनधारा–११स्थित महारानीगञ्ज माध्यमिक विद्यालयकी छात्रा सुनिता राजवंशी र सान्तवना अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डिङ स्कूलका छात्र अनुराग भट्टराई भएका छन् ।

यता गायनतर्फ जम्मा सहभागी २३ वटा विद्यालयमध्ये प्रथम अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ स्कूलकी छात्रा कीया अधिकारी, द्वितीय अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूलकी छात्रा आकृती विष्ट, तृतीय अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूलकी छात्रा आलिया अधिकारी र सान्तवना अर्जुनधारा–५स्थित भानु माध्यमिक विद्यालयका छात्र दीवाकर बराइली भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा नगरकार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, स्वस्तिका शिशु सदन इङलिस बोर्डिङ स्कूलकी संस्थापक इश्वरा श्रेष्ठलगायतले प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगितामा गायनतर्फ कमला नेम्वाङ र दीपक रायमाझी, चित्रकलातर्फ युवराज रिजाल र वकतृत्वकलातर्फ दामोदर ढुङ्गेल र हरिनारायण भट्टराई निर्णायक रहेका थिए । विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमले स्वागत मन्तव्य, शिक्षक जीवन धितालले स्वागत गीत तथा छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक कपिलदेव तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here