पाथीभरामा व्यापारीले गरे ११ जनालाई सम्मान

0
129

गणेश अर्याल / इलाम ।

पाथीभरा मन्दिर क्षेत्रमा ब्यापार गर्ने ब्यापारीहरुको साझा सस्था माता पाथीभरा साना पर्यटन ब्यवसायी समुहको तेश्रो साधारण सभामा ११ जना सम्मानित हुनु भएको छ ।

यसरी सम्मानित हुनेहरुमा उत्कृष्ठ सरसफाइ कर्ता जानुका देबी राई र जिना बस्नेत, अनुशासित ब्यवसायी कबिता राई र पुष्पा गुरुङ, नियमित अगरबत्ती बिक्री तथा भुक्तानी कर्ता निशा राई र बितिशा भूजेल तथा फेब्रिक झोला नियमित बिक्री कर्ता इन्दिरा भूजेल सम्मानित हुनु भएको छ । त्यसैगरी पाथीभरा मन्दिरमा आएका पर्यटकले भुलबस छाडेको रकम भेटाएर इमान्दारी पूर्वक फिर्ता गर्ने सम्झना निरौलालाई इमान्दारी ब्यसायीको रुपमा सम्मान गरिएको छ ।

त्यसैगरी अगरबत्तीको थोक बिक्रेता कर्ता बिमल भूजेल, कृष्णकुमारी भुजेल, गोमा बराल र याम मुखियालाइ पनि सम्मान गरिएको छ । साधारण सभामा ७ लाख ८७ हजार, ९४ रुपैयाको वासलात र ७ लाख ९४ हजार ३४६ रुपैयाको प्राप्ती भुक्तानी बिवरण पारित गर्नेको साथै चालु आर्थिक बर्षमा गर्ने कार्य योजना र रणनीति पारित गरेको थियो ।

साधारण सभाले मन्दिर क्षेत्रमा धुम्रपान मध्यपान निशेध गर्ने, ब्यपार गर्ने क्षेत्रमा एक महिना भित्रमा इन्टरनेट जडान गर्ने, ब्यपारीक आचार सहिता पालना गर्ने निर्णय गरेको छ । समितिको रिक्त सहसचिब पदमा लिला भूजेल र सदस्य पदमा रिमा भूजेल र उषा भूजेललाई चयन गर्ने निर्णय समुहका उपाध्यक्ष दिनेश निरौलाले बताउनुभयो ।

साधारण सभामा कोषाध्यक्ष किरण राउतले आर्थिक प्रतिबेदन र अध्यक्ष राम खवासले समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । २०७८ सालमा रोङ गाउपालिकामा दर्ता भइ बिधिबत रुपमा सञ्चालनमा रहेको यस समुहमा हाल ४९ जना ब्यपारीहरु सगठित भएका छन् । यस समुहले पाथीभरा नामक अगरबत्ती र फेब्रिक झोला उत्पादन गरी बिक्री बितरण गदै आएको अध्यक्ष राम खवासले बताउनु भयो । “ पाथीभरा मन्दिर क्षेत्रमा उत्पादन हुने फोहोर ब्यवस्थापन चुनौती रहेको छ” , अध्यक्ष खवासले भने, “ गाउपालिका सग समन्वय गरेर दिगो ब्यवस्थापन सहित डम्पिङ साइडको ब्यवस्था मिलाउन प्रयास गरिने छ” ।

रोङ गाउपालिका कार्यपालिका सदस्य इन्दिर बिश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा सदस्य लिला राउतको बिशेष उपस्थितिमा भएको साधारण सभामा पाथीभरा मन्दिर समितिका पदाधिकारीहरु, टोलबिकास सस्थाका पदाधिकारीहरु ब्यपारी लगायत भक्तजनको उपस्थिति रहेको थियो । पाथीभरा मन्दिर परिसरमा भएको सभा समुहका अध्यक्ष राम खवासको सभापतित्वमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here