शान्ति सामुदायिक वनको २६औं सभा

0
13

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२ रातेस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको २६औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष खगेन्द्र कोइरालाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सभाबाट अध्यक्ष कोइरालाले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य मुकुन्द भण्डारीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष वीना रोक्काले प्रस्तुत गरेको चालु आर्थिक वर्ष ०८१÷०८२को वार्षिक बजेट, निती तथा कार्यक्रम स्वीकृत भएको समूहका सचिव नरेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

समूहले गत आर्थिक वर्षमा वन संरक्षणको लागि विभिन्न कार्यहरुसँगै उपभोक्ताहरुलाई निःशुल्क दुई सय थान सिलिण्डर ग्यास वितरण, एक सय थान झुल तथा ३८ थान खाट वितरण, स्थानीय नवज्योति र सरस्वती आधारभूत विद्यालयलाई दुई लाख रुपैयाँ नगद अनुदान, हात्तीबाट पिडित उपभोक्ताहरुलाई रकम र काठ उपलब्ध, बाटो मर्मतमा सहयोग, आवश्यकता आधारमा उपभोक्ताहरुलाई लकडी बिक्री वितरण गरेको आदि प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र, प्रशंसा पत्र, नगद सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । जसअनुसार १२ जना ज्येष्ठ उपभोक्ता सदस्य, अर्जुनधारा डान्सिङ स्टार–२०७९ आकृती तामाङ, तेक्वान्दो खेलाडीद्वय प्रदीप गजमेर र सविक श्रेष्ठ, गत शैक्षिक वर्ष २०८०का विद्यालय प्रथम नवज्योति आधारभूत विद्यालयकी टंककुमारी रिमाल र सरस्वती आधारभूत विद्यालयकी दीपांशु रिजाल रहेका छन् ।

सभामा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, निवर्तमान वडाध्यक्ष रघुनाथ खनाल, कनकाई सब डिभिजन वन कार्यालयका कार्यवाहक प्रमुख सुरेशकुमार खनाल, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, समूहका निवर्तमान अध्यक्ष तुलसीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवाले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here