मोहनमाया माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८०/०८१ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
30

झापा । झापाको बिर्तामोड नगरपालिका – २ स्थित रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८०÷०८१ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रमकाबीच सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौलाले औचित्यमाथि प्रकाश परेकी थिइन् ।

विद्यालयका सामाजिक परीक्षण समिति संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष लीलानाथ खत्रीले प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको शैक्षिक, भौतिक लगायतका विषयमा प्रधानाध्यापक शेर वहादुर श्रेष्ठले प्रकाश पारेका थिए । विद्यालयकी शिक्षक अनिता कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तथा सूचना अधिकारी डम्वरु बल्लभ ओझाले गरेका थिए ।

मोहनमाया माध्यमिक विद्यालयमा २ हजार ५ सय २६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here