कोशी प्रदेशमै पहिलो पटक सुकुना माबिमा स्मार्ट एटेनडेन्स सिस्टम लागू

0
23

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैचा नगरपालिका -१० मा रहेको सुकुना माध्यामिक बिद्यालयमा स्मार्ट एटेनडेन्स सिस्टम लागू भएको छ।

नेपाल सरकारबाट मान्यता प्राप्त नमूना विद्यालयअन्तर्गत पर्ने यस शैक्षिक संस्थाले बिद्यालयमा स्मार्ट एटेनडेन्स सिस्टम लागु गरेसँगै गेट भित्र प्रवेश गर्ने बित्तकै विद्यार्थीका अभिभावकहरुको मोबाइमा फोनमा एसएमएस जाने विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले जानकारी दिए।

विद्यालयको प्रशानिक काम र रेकडिंङ व्यपस्थापनका लागि शिक्षा सफ्टवेयर विगत देखि नै प्रयोग गर्दै आएको जानकारी गराउदै शिक्षा सफ्टवेयरसँग जोडेर यसै शैक्षिक बर्ष देखि स्मार्ट एटेनडेन्स सिस्टम पनि लागू गरेको प्रधानाध्यापक बस्नेतले बताए।

‘हामीले बिद्यालय प्रवेश गर्ने गेटमै दुई वटा डिभाइस जडान गरेका छौ,उनले भने,’ सबै विद्यार्थीहरुलाई स्मार्ट कार्ड उपलब्ध गराएका छौ,त्यो गेटमा जडान गरेको डिभाइसले विद्यार्थीहरुले लगाएको कार्डलाई स्क्यान गर्ने बित्तकै आभिवाबकहरुको फोनमा एसएमएस जान्छ।’

अर्को कुरा गेट स्क्यान भएको विद्यार्थीहरुको विवरण बिद्यालयको सफ्टवेयर आएर बस्ने हुँदा कुन कक्षाका कति विद्यार्थी उपस्थित भए त्यसको रेकड सहजै थाहा पाइने बताए। यो सिस्टम जडान भएपछि अब अभिवाबकहरुले आफ्नो नानी बाबुहरू कति बेला बिद्यालय प्रवेश गरे कति बेला बाहिर निस्किए भन्ने एसएमएसबाटै तत्कालै जानकारी पाउने छन्।

मुख्यतय यसको दुई वटा फाइदा रहेको बताउदै उनले पहिलो कुरा भनेको विद्यार्थीहरुलाई नियमित बिद्यालयमा आउन हौसला प्रधान गर्ने र दोश्रो भनेको उनीहरुलाई ट्रयाकीङ गर्न सहयोग पुग्नुका साथै आभिवाबकहरुलाई पनि यति बजे बिद्यालय पुगेछन यति बजे बाहिरिए छन् भन्ने कुरा थाहा हुने उनले बताए।

यो सिस्टम जडान भएपछि विधार्थीहरुलाई समयमा प्रवेश गर्ने र समयमै घर पुग्ने अनुशासित वानीको विकास गराउन ,अभिभावकलाई चिन्तामुक्त गराउन र परम्परागत हाजिरी प्रणालीमा लाग्ने समय बचत गर्न सहयोग पुग्नेछ। बढ्दो सूचना प्रविधिको प्रयोगसँगै शिक्षामा पनि यसको प्रयोगले बिद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बिद्यालयले जनाएको छ। यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ भने हाल ४ हजार ५ सय जना विद्यार्थी अध्यानरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here