झापा।
झापाको दमक नगरपालिका–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
इलामको महमाई नगरपालिका–४ घर भई दमक–८ मा डेरा गरी सिटि सफारी चलाउदै आएका २६ बर्षीय कमल बुर्जामगरलाई सिटि सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेण्ट लाग्दा घाईते भएका उनको थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।