पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको लोकप्रिय पर्यटकीय स्थल सेल्फी रोडदेखि दक्षिण लाटीहोली पुलसम्मको सडकमा स्तरोन्नति गरिएको छ।
वर्षायाममा खाल्डाखुल्डी भएर यातायात असहज भएको कारण उक्त सडकखण्डमा रोलर , ग्रेडर पानीको ट्यांकी आदिको प्रयोग गरी स्तरोन्नति गरिएको हो।
सो बाटोमा एक लाखको बजेटबाट १.५ किलोमिटर लामो सडकमा स्तरोन्नति गरिएको वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनु भयो ।
उक्त अवसरमा वडाका जनप्रतिनिधिहरू तथा सर्वसाधारण समेतको सक्रिय उपस्थिति रहेको थियो।