सुन्दरपुर खानेपानी संस्थाको अध्यक्षमा सिक्देल र सचिवमा अधिकारीको स्वतन्त्र उम्मेदवारी

0
1

योगेन्द्र योगी,
बिराटनगर।

मोरङको सुन्दरहरैंचा नगरपालिका ४ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा अध्यक्षमा प्रकाश सिक्देल र सचिवमा कमल अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

गाउँ गाउँमा खानेपानी घरघरमा धारा । सबैलाई शुद्ध पानी खुवाउने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ अध्यक्ष र सचिवमा स्वतन्त्र उम्मेदवारी दिएको सचिव पदमा उमे‌द्वारी दिएका कमल अधिकारीले जानकारी दिए।

सुन्दरहरैंचा ५ र ६ का उपभोक्ताहरुलाई स्वच्छ र सुद्ध पानी पिउन दिने उद्देश्यले स्थापना गरिएको सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बताउदै उनीहरुले दुई वटै वडामा स्वच्छ र सफा पानी पुर्याउनका लागि उमे‌द्वारी दिएको बताएका छन् ।

यो खानेपानी संस्थाबाट वितरण हुने शुद्ध पानीको महत्व अझ बढी रहेकाले यसलाई व्यवस्थित गरेर शुद्ध खानेपानीमा सबैको पहुँच पुर्याउन जरुरी रहेको बताएका। उपभोक्ताको यो अभिलाषालाई पूरा गर्न पनि नेतृत्वको प्रतिवद्धता, लगनशीलता, कार्य क्षमता, जोशजाँगर साथै अभिरुची प्रमुख विषय हो।

खानेपानी स्वास्थ्य, विद्यालय, वन जस्ता नितान्त सेवा तथा विकास र उपभोक्ताका सरोकारसँग एत्यक्ष जोडिएका साधक संख्यामा राजनीति गर्ने थलो नभएको समेत उनीहरुले बताएका छन्। खानेपानीमा कुनै पनि राजनीतिक दलको कार्यकर्ता भर्ती गर्ने संस्था नरहेकाले हरेक घरमा खानेपानी र धारा पुर्याउनको लागि स्वतन्त्र उमे‌द्वारले मात्र सक्ने उनीहरुको प्रतिबद्धता रहेको छ।

पार्टी आफ्‌नो ठाउँमा छ पार्टी भन्दा माथी उठेर मन, वचन र कर्मले काम गर्छु भन्ने भावनाले ओतप्रोत भएको व्यक्तिलाई राजनीतिसँग नजोडिकन नेतृत्व गर्न दिइयो भने मात्र खानेपानी संस्थाको प्रगति हुन्छ परिणामत वास्तविक रुपमै जन इच्छा, आकांछा र आवश्यकता पूरा गर्न सकिने उनीहरुले बताएका छन्।

को हुन् स्वतन्त्र उम्मेदवारी दिएका सिक्देल र अधिकारी ?

सुन्दरहरैंचा ५ निवासी प्रकाश सिक्देल : नयाँ वृन्दावन गौशालाको उपाध्यक्ष, तथा सिग्देल बन्धु प्रतिष्ठानको भवन निर्माणको अगुवाई, अमरज्योति टोल विकासको अध्यक्ष, लायन्स क्लव अफ बाँसबारीको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा निश्कलंक रुपमा काम सम्पन्न गर्न सफल भएका असल युवा समाजसेवी हुन् भने सुन्दरहरैंचा ६ कमल अधिकारीसँग सुन्दर सामुदायिक वनको सफल नेतृत्व गरेको अनुभव रहेको छ।

यस्ता छन् उनीहरुका प्रतिवद्धताहरूः

१.अति विपन्न परिवारलाई निःशुल्क एवम् विपन्न परिवारलाई ५० प्रतिशत छुटमा धारा जडानको व्यवस्थापन गरिनेछ ।
२. सरकारी स्कुल, मठमन्दिर, गुम्बा, चैत्य, विहार आदिमा निःशुल्क धारा जडान गरिनेछ ।

३.सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट प्रदान गरिने सेवामा सुनिश्चित, सुरक्षित, सर्वसुलभ खानेपानी तथा सरसफाइमा ध्यान दिइने छ ।

४.दिगो विकासको क्षेत्रगत लक्ष्य हासिल गर्दै ३ वर्ष भित्रमा सुन्दरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको क्षेत्राधिकार भित्र खानेपानी पाईप विस्तार गरिनेछ ।
५. खानेपानी संस्थाबाट कुनै प्रकारको सेवा सुविधा नलिने प्रतिवद्धता व्यक्त गर्दछौँ।

६.यस संस्थामा हालसम्मको लेखापरीक्षण गरी सत्यतथ्य सार्वजनिक गरिनेछ । ७.नियमित पानी परीक्षण गर्ने र शुद्ध पानीका लागि उच्च प्रविधियुक्त फिल्टर मेसिन जडान गरिने ।

८.हालको खानेपानीको उत्पादन क्षमताले बड्दो माग धान्न सक्ने अवस्था छैन। २ लाख लिटर क्षमतालाई ६ लाख लिटर क्षमतामा विस्तार गरिनेछ । ९. पूर्जा विहिन वा अस्थार्य बसोबासलाई समेत धारा जडानको व्यवस्था मिलाईने छ ।

यस खानेपानी संस्थामा नेपाली कांग्रेसबाट अध्यक्षमा राजेन्द्र राई(राजु),उपाध्यक्षमा हस्त बहादुर तामाङ,सचिवमा गेहनाथ दाहाल र कोषाध्यक्षमा दिपेन्द्र बराल लगायतले उम्मेदवारी दिएका छन्। यसैगरी,नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट अध्यक्षमा अरुण सुवेदी, उपाध्यक्षमा लक्ष्मीप्रसाद सिग्देल, सचिवमा शंकर देवान र कोषाध्यक्षमा चिरञ्जीवी रेग्मी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here