केराबारीमा नदीजन्य पदार्थ उत्खनन गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रणमा

0
5

पथरिशनिश्चरे,

मोरङको केराबारी गाउँपालिका–८ खदम खोलाबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार साँझ ६ बजेको समयमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा १५ वटै ट्याक्टर नियन्त्रण गरिएको छ ।

प्रहरीले को २ त ८३४६, को२ त ९९२७, को २ त ७५५४, को १ त ५३८०, को २ त २०३२, को २ त ७९१२, को २ त ७८९७, को।२ त ६९४०, को २ त ८३१९, को १ त ४५८३, को।१ त ८७२२, प्र १–०२–००३ त २७१२, प्र १–०२–००३ त १८८१, प्र। १–०२–००३ त २८३९ र प्र। १–०२–००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएका ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here