झापा।
अविरल वर्षाका कारण झापाका विभिन्न स्थान प्रभावित भएका छन् । यसैक्रममा अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलाको मोटरेबल पुलमा बाढीले क्षति पुर्याएको छ ।
बिरिङ खोलाको खुदुनाबारी–शनिश्वरे जोड्ने मोटरेबल पुल अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारीदिए ।
अविरल वर्षासंगै आएको बाढीले पुलमा क्षति पुगेपछि यात्रु र सवारी साधन आवागमन रोकेर वैकल्पिक बाटो दिइएको छ । अर्जुनधारा नगरपालिका ७ स्थित फुलमति पुलबाट मिलडाँडा हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । उक्त पुल लामो समयदेखि जिर्ण अवस्थामा रहको थियो ।