सुरुङ्गा।
‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथमा मुख्य कार्यालय दमक रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत सुरुङ्गा सेवा केन्द्र इकाईको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साकोसका अध्यक्ष दीपक खरेलको अध्यक्षता र कनकाई नगरपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ४ सय ५० बढी शेयर सदस्यको सहभागिता रहेको थियोे । संस्थाका अध्यक्ष खरेलले ऋण लिएर नतिर्ने, संस्थाको सम्पर्कमा नआउने प्रवृत्ति बढ्दै गएकाले बचतकर्ता र शेयर सदस्यको रकम डुब्न नदिन संस्था कडाइका साथ पेश हुने बताए ।
सहकारी संस्था वीचको अस्वस्थ प्रतिष्पर्धा, बहुसदस्यता, बहुकर्जा प्रवाह, कर्जा सूचना केन्द्रमा आबद्ध नहुनु, सहकारीको कर्जा तिर्नु पर्दैन भन्ने अफवाह फैलिनु आदि सहकारीका चुनौती रहेको अध्यक्ष खरेलको भनाइ थियो । प्रमुख अतिथि सुवेदीले सहकारी आर्थिक विकासको मेरूदण्ड भएकाले गलत अफवाहको पछाडि लाग्ने हो भने एक-दुई जना खुसी हुँदा सय जना भन्दा बढी रुनु पर्ने परिस्थिति सृजना हुने बताए ।
वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा आत्मनिर्भर हुने वातावरण बनाउन सहकारीको महत्त्वपूर्ण भूमिका हुने वार्ड अध्यक्ष सुवेदीको भनाइ थियोे । सुरुङ्गा सेवा केन्द्र प्रमुख देवीप्रसाद चुडालले सुरुङ्गा सेवा केन्द्र अन्तर्गत कुल शेयर पूँजी २ करोड, ऋण लगानी ६ करोड र निक्षेप ८ करोड रुपैयाँ रहेको जानकारी दिए ।
सेवा केन्द्र संयोजक टंक पाठक, सदस्यहरु मान्ता खरेल र गोविन्द खरेलसहितको उपस्थिति रहेको कार्यक्रममा कनकाई उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष राजकुमार शाह, सहकारीकर्मी टंकप्रसाद खनाल लगायतको आतिथ्य रहेको थियोे ।
संस्थाका सचिव ज्ञाननाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम व्यवस्थापक धर्मानन्द भट्टराईले सञ्चालन गरेका थिए ।