वीरता जेसीजलाई ‘लोकल कम्युनिटी अवारनेश प्रोग्राम अवार्ड’ र महासचिवलाई ‘इनरजेटिक सेक्रेटरी जनरल अवार्ड’ 

0
122

झापा,सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै नेपाल जेसीजले वीरता जेसीज बिर्तामोडलाई ‘लोकल कम्युनिटी अवारनेश प्रोग्राम अवार्ड २०२४ प्रदान गरेको छ ।
झापाको धुलावारीमा सम्पन्न नेपाल जेसीजको एरिया ‘ए’ सम्मेलनमा वीरता जेसीजलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड वीरता जेसीजका अध्यक्ष विकास बस्नेतलाई नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीम कुँवरले प्रदान गरेका थिए ।
कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल जेसीजको एरिया ‘ए’ अन्तरगतका ४३ वटा शाखाको उपस्थिति रहेको थियो ।
यसैबीच वीरता जेसीज बिर्तामोडका महासचिवव सुमन पोद्दारलाई इनरजेटिक सेक्रेटरी जनरल अवार्ड प्रदान गरिएको थियो । उनलाई नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीम कुँवरले उक्त अवार्ड प्रदान गरेका थिए ।
सन् २०१६ देखि वीरता जेसीजमा प्रवेश गरेका पोद्दार यस अघि वीरता जेसीजको संयोजक , उपाध्यक्ष हुँदै हाल माहासचिव छन् ।
वीरता जेसीजले गरेका कामको उच्च मूल्याङ्कन गर्दै नेपाल जेसीजले शाखा र महासचिवलाई छुट्टा छुट्टै अवार्ड प्रदान गरेको हो ।
वीरता जेसीजको अगुवाइमा बिर्तामोडमा सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै जेसीज सप्ताह मनाएको थियो । सो क्रममा सवारी चालक, तथा सहचालकलाई सम्मान , उनीहरुको आँखा जाँच र निःशुल्क शल्यक्रिया समेत गरेको थियो । आँखा जाँचका लागि मेची आँखा अस्पतालसंग सहकार्य गरिएको वीरता जेसीजका महासचिव पोद्दारले बताए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग नै सहकार्य गर्दै बिद्यालयका सवारी चालक तथा सह चालकसंग जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।
यसैगरी माया घर नेपाल इटहरीसंगको सहकार्यमा वीरता जेसीजले सडकमा असाहय अवस्थामा रहेका महिलाको उद्दार गरेको थियो ।
वीरता जेसीजले २० जना विपन्न तथा जेहेन्दार वालवालिकाका लागि निःशुल्क कम्प्युटर तालिम प्रदान गर्दै आएको छ ।
नेपाल जेसीजको एरिया ‘ए’ सम्मेलनमा वीरता जेसीजका निर्वतमान अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरीले नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here