झापा ।
इलाका प्रहरी कार्यालय बनियानी र कचनकवल गाउँपालिकाको संयुक्त आयोजनामा स्थानिय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८० मा त्रिपक्षीय हस्ताक्षर भएको छ ।
कचनकवल गाउँपलिका–६ मा रहेको गाउँपालिका कार्यालयमा समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसान्धान विभाग नक्सालले तयार पारेको स्थानिय तह प्रहरी विधालय सम्पर्क कार्यक्रम पुस्तक–२०८० त्रीपक्षीय हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक,स्थानिय जनप्रतिनिधि र विद्यालयका प्रधानध्यापकहरुको सहभागिता रहेको थियो ।
इलाका प्रहरी कार्यालय बनियाँनीका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविन कुमार भट्टराईका अनुसार विद्यार्थीलाई सुरक्षा तथा विकृति विरुद्धका विषयमा सचेताा कक्षाहरु सञ्चालन गरिने छ ।
स्थानिय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८० को सम्झौतामा कचनकवल गाउँपालिका शिक्षा शाखाका केशव मैनाली, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी र लक्ष्मी माविका प्रधानाध्यापक सुकदेव पोखरेलले हस्ताक्षर गरेका छन् ।