अर्जुनधारा ।
इनरव्हील क्लब अफ अर्जुनधाराले मंगलबार एक कार्यक्रमकोबीच अर्जुनधारा–८स्थित ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजलाई नगद सहयोग गरेको छ ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा क्लबद्वारा आयोजित शुभकामना आदानप्रदान र वृक्षारोपण कार्यक्रममा क्लबले समाजलाई नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
शनिश्चरे बजारस्थित ज्येष्ठ चौतारीमा क्लबकी अध्यक्ष एवम् कार्यक्रमकी सभाध्यक्ष विनिता थापा तामाङसहितका पदाधिकारीले समाजका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद भट्टराईलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रमकी सभाध्यक्ष तामाङ र प्रमुख अतिथि भट्टराईले ज्येष्ठ चौतारीको परिसरमा समीको बिरुवा रोपण गरि संयुक्तरुपमा उद्घाटन गरिएको कार्यक्रमका सहभागीहरुलाई जुस र पानी वितरण गरिएको थियो ।
संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे समाजका सदस्य नरेन्द्र तिम्सिनाले जानकारी गराएको कार्यक्रममा कोषाध्यक्ष कृष्ण पौडेललगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी क्लबबाट प्राप्त भएको सहयोग रकमले समाजको लागि आवश्यक साउण्ड सिस्टम खरिद गर्न खर्च गरिने समाजका सदस्य तिम्सिनाले जानकारी दिए ।
क्लबकी सदस्य पूर्णिमा सिटौलाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव प्रभा नेपालले गरेकी थिइन् ।