सुन्दरपुर खानेपानी संस्थाको अध्यक्षमा राजेन्द्र राई (राजु) निर्वाचित

0
53

योगेन्द्र योगी,
बिराटनगर।

एमाले जसपा प्यानललाई हराउदै मोरङको सुन्दरहरैचा ५ र ६ मा पर्ने सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र राई (राजु) निर्वाचित भएका छन् ।

गएराती सम्पन्न भएको मत परिणाम अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट अध्यक्षमा उम्मेदवार बनेका अरुण सुवेदीलाई १४१ मतान्तरले हराउदै राजेन्द्र राई निर्वाचित भएका हुन् । सुबेदीले ३४० मत ल्याए भने राईले ४८१ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका हस्त बहादुर तामांङलाई हराउदै एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलका लक्ष्मी प्रसाद सिक्देल निर्वाचित भएका छन् । सिक्देलले ४६९ मत ल्याए भने तामाङले ४४५ मत ल्याएका छन् ।

सचिवमा एमाले जसपा प्यानलका शंखर देवान ४१० मत सहित निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा चिरन्जिबी रेग्मी निर्वाचित भएका छन् भने लेखा संयोजकमा पर्शुराम घिमिरे निर्वाचित भएका छन् । लेखा समिति सदस्यमा तेज नारायण चौधरी र भोगेन्द्र राई निर्वाचित भएका छन् ।

महिला सदस्यमा उर्मिला श्रेष्ठ, चम्पा लिम्बु र मनकुमारी तामाङ निर्वाचित भएका छन् भने दुई खुल्ला सदस्यमा बलभद्र चौधरी र गोकुल भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here