अर्जुनधारा–४ नं. वडाद्वारा कृषकहरुलाई सप्लीमेन्ट वितरण शुरु

0
45

अर्जुनधारा।

झापाको अर्जुनधारा–४ नं. वडा कार्यालयले वडामा रहेका साना पशुपालक कृषकहरुलाई लक्षित गरि सप्लीमेन्ट वितरण शुरु गरेको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार वडा योजनाको पशु सुत्केरी स्याहार प्रोत्साहन कार्यक्रम अन्र्तगत उनीहरुलाई उक्त सप्लीमेन्ट वितरण गरिएको बुधबार आयोजित वितरण कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवालले बताए ।

वडाध्यक्ष कटुवालको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुमध्ये ज्येष्ठ कृषक डिल्लीप्रसाद न्यौपानेलाई सप्लीमेन्ट वितरण गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

पाइलट प्रोजेक्टकोरुपमा यस आर्थिक वर्षमा गाई र भैंसी पाल्ने कृषकहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रम सफल भएको खण्डमा अन्य पशुपालक कृषकहरुलाई पनि कार्यक्रममा सहभागी गराइने वडासचिव सुरज राजवंशीले जानकारी दिए ।

त्यसैगरी जम्मा विनियोजित बजेट दुई लाख ५० हजार रुपैयाँबाट जम्मा २५० जना लाभग्राहीलाई सप्लीमेन्ट वितरण गर्ने वडाको लक्ष्य रहेकोमा हालसम्म १३५ जनाको निवेदन दर्ता भएको वडासचिव राजवंशी बताउँछन् । उनका अनुसार वितरण गरिएको सप्लीमेन्टमा दुई लिटर क्यालसियम, पाँच सय मिलिलिटर लिवरटोनिक र बाछाबाछीका लागि चुर्ना र जुकाको औषधी रहेको छ ।

कृषकहरुलाई प्रत्यक्ष फाइदा पु¥याउने उद्देश्यले वडामा पहिलोपटक शुरु गरिएको यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने वडाध्यक्ष कटुवालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस वडा सभापति खेमबहादुर काफ्ले, राष्ट्रिय स्वतन्त्र पार्टी वडा अध्यक्ष कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी वडा अध्यक्ष रुद्रबहादुर खत्री, अग्रज पत्रकार दिपीन राईलगायतले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए । वडा सदस्य अमृतबहादुर बुढाथोकीले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन वडासचिव राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here