एमाले अध्यक्षमा तीनजना आकाक्षी

0
198

गणेश अर्याल /इलाम ।

इलामको रोङ गाउपालिकामा नेकपा एमालेको वडा अधिबेश सकिएसगै गाउपालिका अधिबेशन तर्फ सबैको ध्यान जान थालेको छ । एमाले रोङको दोश्रो गाउअधिबेशन १७ गते बिहिबार हुने तयारी गरेको एमाले रोङले जनाएको छ । अधिबेशन अघि नै तीनजनामा अध्यक्ष पदमा उम्मेद्वारको आकाक्षी देखिएपछि अधिबेसन सबैको चासोको बिषय बनेको छ ।

अध्यक्ष पदमा खड्ग आले मगर, युवराज खाप्तुवा र प्रेम पुमा राईले इच्छा राखेर प्रतिनिधि मतदातालाइ भेट्ने काम भइरहेको एमाले कार्यकर्ताहरु बताउछन । आलेले यस अघि एमालेको एक कार्यकाल अध्यक्षको सफल नेतृत्व गरिसकेका छन । खाप्तुवा यस अघि रोङ ५ को वडा अध्यक्ष भइसकेको र हाल कार्यपालिका सदस्य हुन ।

त्यसैगरी प्रेम पुमा राई सरस्वती माध्यमिक बिद्यालय भालुझोडामा लामो समय सम्म प्रधानाध्यापक भइसकेका ब्यक्ति हुन । तीनै जना असल र योग्य भएकाले मतदातालाई नेतृत्व छान्न सकस भइरहेको एमाले रोङ १ का सचिब सन्दिप कोइरालाले बताउनु भयो ।

यस अघि एमालेले एक महिना लगाएर सबै वडाको वडा अधिबेशन सम्पन्न गरेको छ । जस अनुसार वडानम्बर १ मा राजेन्द्र खुलालको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा बिनोद राई सचिबमा सन्दिप कोइराला र सहसचिबमा मिलन मुखिया र कल्पना सिन्चिउरी रहनु भएको छ । त्यसैगरी एमालेको रोङ २ मा सुजता ढुङ्गेलको अध्यक्षतामा १्र५ सदस्यीय समिति चयन भएको छ । समितको उपाध्यक्षमा घनश्याम अधिकारी, सचिबमा सन्तबहादुर तामाङ तथा सहसचिबमा गणेश प्रधान र बबिन बराइली चयन हुनु भएको छ ।

वडा नम्बर ३ मा दिलीप राईको अध्यक्षतामा गठन भएको १३ जनाको समितिको उपाध्यक्षमा प्रेमराज गुरुङ सचिबमा प्रकास राई तथा सहसचिबमा इन्दिरा सिलबाल र दलबहादुर सुनुवार चयन हुनु भएको छ ।

त्यसैगरी वडा नम्बर ४ को अध्यक्षमा नन्दकुमार गुरुङ, उपाध्यक्ष सम्झना राई (लाप्चा), सचिबमा जीवन अर्याल सहित १३ जनाको समिति चयन भएको छ ।

त्यस्तै वडा नम्बर ५ मा तिर्थराज ढुङगेलको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कुमारी सुनुवार सचिबमा बिशाल खाप्तुवा राई तथा सहसचिबमा नबिन सोङमेन र आशिष लाप्चा चयन हुनु भएको छ ।

वडा नम्बर ६ मा सोम चाम्लिङको अध्यक्षतामा २५ सदस्यीय समिति चयन भएको छ । सो समितिको उपाध्यक्षमा मनबहादुर तामाङ सचिब अर्जुन दियाली र सहसचिबमा बुध्द लेप्चा र बिनिता शंकर चयन हुनु भएको नेकपा एमाले रोङका सचिब बिरबहादुर लाप्चाले जानकारी दिनु भएको छ ।

एमालेको पार्टी सदस्यहरुमध्येबाट जम्मा ९१ जना प्रतिनिधि छनौट भएका छन् । छनौट भएका ९१ जना बाट पार्टीको गाउ अधिबेशन सम्मन्न हुने र नया समिति चयन हुने अधिबेशन आयोजक समितिका सम्योजक एव पार्टी अध्यक्ष खड्ग आले मगरले बताउनुभयो । “सकेसम्म सर्बसहमत बाट नया समिति चयन हुने छ,” अध्यक्ष आलेले भन्नु भयो,–“सर्बसहमत हुन नसकेमा लोकतान्त्रिक बिधी अनुसार नेतृत्व चयन हुने छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here