भद्रपुर रन : टुडू र राई प्रथम

0
21

झापा।

दोस्रो भद्रपुर रन (खुला म्याराथन) प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडू र महिलातर्फ बिन्दा राई प्रथम भएका छन् ।

भद्रपुर–८ नम्बर वडा कार्यालयले बडादशैंको अवसर पारी विहीवार घटस्थापनाका दिन आयोजना गरेको म्याराथन प्रतियोगितामा पुरुषतर्फ भद्रपुर–४का टुडूले ८.५ किलोमिटर दौड २६ मिनेटमा र भद्रपुर–२की राईले ६ किलोमिटर दौड २६ मिनेट ३ सेकेण्डमा पूरा गरेका थिए । उनीहरुले नगद ३१ हजारसहित प्रमाण–पत्र पाएका छन् । त्यस्तै पुरुषतर्फ दोस्रो सुनिराम हेमरम, तेस्रो इन्द्र मगर, चौथो अंकित राई, पाँचौ विवेक लिम्बू, छैटौं अविक राई, सातौं शिव हेमरम, आठौं नरेश खड्का, नवौं सुरेश गुरुङ र दशौं दिलकुमार राजवंशी भएका छन् ।

महिलातर्फ दोस्रो रक्षा मर्डी, तेस्रो रिता मुर्मू, चौथो आकृति लिम्बू, पाँचौ एलिना टुडू, छैटौं सुजना तामाङ, सातौं झरना श्रेष्ठ, आठौं नुमा लिम्बू, नवौं ऋतु लिम्बू र दशौं आशा राई भएका छन् ।

उनीहरुलाई क्रमशः २१ हजार, ११ हजार, ५ हजार, २ हजार र छैठौँदेखि १० औंसम्मलाई नगद एक हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, चर्चित प्रेरणादायक वक्ता दार्जीलिङका धावक प्रिमियुस भुटिया, ८ नम्बर वडाध्यक्ष गौरब सुब्बा (मनोज), भद्रपुर नगरपालिका प्रमुख प्रकाशकीय अधिकृत सुनिल निरौला लगायतका पुरस्कार दाताहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा महिलातर्फ ६ किलोमिटर र पुरुषतर्फ ८.५ किलोमिटर रुट तय गरिएको थियो । सगरमाथा चौकबाट शुरु भएको दौड क्याम्पस मोड, एसपी मोड हुँदै रजत जयन्ती चोक, जिल्ला कारागार, घोडामारा, गणेश मन्दिर चोक, जनता चोक, संगम चोक भएर सगरमाथा चोकमा आएर समापन भएको थियो । प्रतियोगितामा यसबर्ष भद्रपुरभन्दा बाहिरका खेलाडीलाई पुरस्कार नदिने व्यवस्था गरिएको थियो ।

पुरुषतर्फको दौडमा नेपाली सेनाका उदीप राई प्रथम भएका थिए । भद्रपुरका स्थानीय नहुँदा उनले पुरस्कार पाएनन् । तर, उनलाई भद्रपुर–५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले ५ हजार पुरस्कार प्रदान गरेका थिए । अब प्रत्येक बर्ष भद्रपुुर रनलाई निरन्तरता दिने आयोजक समितिका संयोजक तथा वडाध्यक्ष सुब्बाले घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here