कमल ।

उद्यमशील महिला जागरण केन्द्रको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ३ मा कार्यालय रहेको सस्थाले अफ्नै सभाहलमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको अवसरमा संस्थापकका साथै विभिन्न सिप सिकेर उकृष्ट व्यवसायी सन्चालन गर्दै आएका महिला तथा सस्थाको बृत्तिबिकासको लागी महत्वपुर्ण योगदान गर्नुहुने ९ जनालाई सम्मान गरेको थियो ।
यसरी सम्मानित हुनेहरुमा मिथिला श्रेष्ठ, गोमा तिवारी,गौरी राई, शुशिला अधिकारी,सिता शेर्पा राई, मेनुका सापकोटा, शुशिला तिरुवा र कल्पना राईलाई सम्मान गरिएको थियो ।

सस्थाकी अध्यक्ष शान्ता दाहाल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ,वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, पुर्णिमा देवान, कल्पना राई लगायतले साधारण सभाको सफलताको शुभकामना साथै सम्मानित व्याक्तिहरुलाई थप सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम सस्थाकी सदस्य झुमा सेडाईले सन्चालन गर्नु भएको थियो ।





























