विराटनगर ।
विराटनगरमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
विराटनगर–१८ आइसीपी चोकमा विराटनगरबाट आइसीपी चोकतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेका साइकल यात्री लवाघाट बस्ने वर्ष ६० का श्याम साहलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेका साहलाई उपचारको लागि विराट नर्सिङ होम लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । ट्रक, ट्रक चालक र साइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।