बाम्फोक प्रहार गरी बाबुको हत्या गर्ने छोरा पक्राउ

0
107

ताप्लेजुङ ।

ताप्लेजुङको मिरिङ्देन गाउँपालिका–१ ओख्रेका ३२ बर्षीय सुमन ओख्रावु लिम्वूले आफ्नै बाबुलाई बाम्फोक प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

घरायसी वाद बिवादको क्रममा ५५ बर्षीय श्याम ओख्रावु लिम्वूलाई उनकै छोरा सुमन ओख्रावु लिम्वूले धारिलो हतियार बाम्फोक प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले बाबुको हत्यामा संलग्न छोरालाई घटनामा प्रयोग भएको बाम्फोक सहित पक्राउ गरेको हो ।

हत्यामा संलग्न रहेका लिम्वूको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here