मायाको चिनो गुन्द्रुक, खोसेलोको ब्याच, मुडा म्यान अफ द म्याच

0
204

बुधबारे।

कार्यक्रमका अतिथिहरुलाई गुन्द्रुक मायाको चिनो । ब्याच थियो– मकैको खोसेलाको । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच पुरस्कार स्वरुप बस्ने मुडा । यो फरक र मौलिकपन देखेर कार्यक्रमका अतिथि हर्षित थिए ।

कार्यक्रम थियो–बुद्धशान्ति प्रेस क्लवद्वारा आयोजित झापा मिडिया कप । असोज १७ र १८ गते बुद्धशान्ति १ होक्सीस्थित त्रिभुवन मावि प्राङ्गणमा कार्यक्रम भयो । उद्घाटन र समापन समारोहका अतिथिहरुलाई क्लवले स्थानीय मौलिक उत्पादनलाई प्राथमिकता दियो ।

कुनै समय काम नलाग्ने वस्तुको उदाहरण दिँदा ‘गुन्दु््रक जस्तो’ भन्ने गरिन्थ्यो, त्यो भाष्य अझै कायमै छ । तर, गुन्द्रुकले मायाको चिनोको स्थान पायो । रोङ गाउँपालिकाले ब्राण्डिङ गरेको रायोको ‘रोङ–गुन्दु्रक’लाई मायाको चिनो स्वरुप प्रदान गरियो ।

त्यस्तै खेर जाने मकैको खोसेलालाई कलात्मक ढंगले रंगभरी बनाइएका आकर्षक ब्याच अतिथिहरुलाई लगाइयो । जागृति सीप केन्द्र मेचीनगर–१२ ले तयार गरेको ब्याच त्यहाँ अतिथिलाई लगाइएको थियो । हरेक प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याच पुरस्कार स्वरुप स्थानीय उत्पादन बाँसबाट बनेको बस्ने मुडा प्रदान गरियो ।

लागूऔषधको कुलतमा फसेर पुनःस्र्थापना केन्द्रमा रहेका र कुलतको जोखिममा रहेका युवालाई बुद्धशान्ति–१ ले सीप सिकाएपछि उनीहरुले उक्त मुडा बनाएका रहेछन् । उनीहरुको जीवन परिवर्तन गर्न सीप सिकाएर बनाइएको मुडाको बजारीकरणमा पनि वडाले सहयोग गरिरहेको वडा अध्यक्ष अनिल वाग्लेले बताए ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र यस्ता वस्तु पनि मायाको चिनो बन्न सक्छन् भन्ने उदाहरण पेश गर्न मायाको चिनोमा यी वस्तु छानिएको क्लवका उपाध्यक्ष नारायण अर्यालले बताए ।

फ्रेम, कप जस्ता उपायोगहीन वस्तु मायाको चिनो दिने फेशन, खर्चिलो ब्याच र पुरस्कारको विकल्पमा स्थानीय मौलिक र उपयोगी वस्तु छनौट गरेर बुद्धशान्ति प्रेस क्लवले रचनात्मक कार्य गरेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताए ।

कार्यक्रमका विशेष अतिथि रहेका गिरीले क्लवको कार्य अनुकरणीय रहेको भन्दै सार्वजनिक कार्यक्रममा यस्ता वस्तुको प्रयोगमा जोड दिनुपर्ने बताए । गिरीले भने– ‘परिवर्तनका लागि कुनै ठूला काम होइन, साना–साना प्रयास नै काफी हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here