प्रजित मार्ट सञ्चालनमा

0
253

बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित सुगम पेट्रोलपम्म उत्तर जाने बाटोमा सवै घरायासी सामाग्री एकै स्थानमा पाइने प्रजित मार्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी प्रजित पुरीले एक करोड ५० लाख रुपैयाँबढीको लगानीमा मार्ट सञ्चालनमा ल्याएको हुन् ।

मार्टको उद्घाटन  बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले गरेका छन् । दशैंको अवसर पारेर सञ्चालनमा आएको मार्टमा चाडवाड भर कुनैपनि सामाग्री खरिदमा २ प्रतिशत छुटको ब्यवस्था रहेको सञ्चालक पुरीले बताए ।

सञ्चालक पुरीका बुबा जगतबहादुर पुरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्दै न्यौपानेले ब्यवसाय धरासायी बनिरेको धेरै युवा बिदेश पलायन भइरहेको अवस्थामा युवा प्रजितले सञ्चालनमा ल्याएको मार्टमा सवै घरायसी सामाग्री पाइने भएकाले सवैले खरिद गर्न आग्रह गरेका छन् ।

मार्टमा घरमा प्रयोग हुने खाद्यन्न, पेय पदार्थ, पूजा सामाग्रीलगायतका सम्पूर्ण सामाग्री उपलब्ध हुने सञ्चालक प्रजितले बताए । स्थानीयहरुलाई लक्षित गरेर मार्ट सञ्चालनमा ल्याएको उनले बताए ।

स्वागत तथा औचित्यमाथि प्रकाश सञ्चालक प्रजितले पारेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य तथा ब्यवसायी बिपिन बजगाई, रिद्धनाथ गिरी बन्धु समाज नेपालका संस्थापक अध्यक्ष बिष्णु गिरी, नेपाल दशनामी समाज बिर्तामोड नगरका पूर्व उपाध्यक्ष अर्जुन गिरी, सञ्चालक प्रजितकी माता मन्जु पुरी, सञ्चालक तथा श्रीमति सुनिता गिरी पुरी, भेनाजु राजेश गिरीलगायत पुरी परिवारको बाक्लो उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here