चौथो मिस्टर झापाको तयारी पूरा

0
61

बिर्तामोड।

चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि झापाली खेलाडीहरु पनि तयारी अवस्थामा रहेको अध्यक्ष सुवास मेचेले बताए ।

बडादसैँको अवसरमा झापाको बिर्तामोडमा असोज २१ गते हुने जिल्लास्तरीय प्रतियोगिताको तयारी सकिएको प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापासमेत रहेका कलाकार मेचेले जानकारी दिए ।
त्यस्तै, यसअघि झापा वा अन्य ठाउँमा भएका प्रतियोगितामा सहभागी भएर ओभरल च्याम्पियन तथा तौल समूहबाहेका विधामा च्याम्पियन भएका खेलाडीले समेत भाग लिन नपाउने अध्यक्ष मेचेले बताए ।

झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार र ट्रफी पाउने प्रतियोगिताका सचिव माधव झापाले बताए ।

त्यस्तै, दोस्रोले नगद एक लाख एक हजार, तेस्रोले नगद ७६ हजार, चौथोले नगद ५१ हजार र पाँचौँले नगद ३६ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको विधामा हुनेछ । प्रत्येक विधाका प्रथमले पाँच हजार, दोस्रोले तीन हजार र तेस्रोले दुई हजार रुपैयाँ पाउने फर्स्ट स्टेप फिटनेसका सञ्चालक धनञ्जय गनगाईले बताए ।

त्यस्तै, व्यक्तिगततर्फ बेस्ट मस्कुलर र बेस्ट फिजिक्सतर्फका विजेताले नगद पाँच हजार रुपैयाँ पाउने छन् । प्रत्येक विधाबाट एकएकजना च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

प्रतियोगिता सम्पन्न गर्न नगद १७ लाख ५० हजार रुपैयाँ लाग्ने प्रतियोगिताका सचिव झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here