बिर्तामोड।
अखिल नेपाल महिला संघ बिर्तामोड–२ नं. वडा समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
प्रमुख अतिथि संघकी जिल्ला अध्यक्ष पवित्रा पाठकले उद्घाटन गरेको सम्मेलन संघकी वडा समिति अध्यक्ष शर्मिला राजवंशीको अध्यक्षतामा भएको थियो । सम्मेलनको बन्दसत्रले बनिता ढकालको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
सम्मेलनले संघको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । हेमा थापा मगरले स्वागत गरेको कार्यक्रममा तीन जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा प्रेमप्रकाश ओली, शहीद रामनाथ दाहालकी छोरी शान्ता पौडेल, जग्गादाता माया सिटौला रहेका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटी सल्लाहकार समेत रहेका प्रेमप्रकाश ओली, प्रदेश सदस्य नीता घतानी, नगर अध्यक्ष सुवास भट्टराई, संघकी नगर अध्यक्ष यशोदा प्रसाईं, नगर इञ्चार्ज द्रौपदा गणेश, बिर्तामोड–२ का वडा अध्यक्ष किशोर पौडेल, एमाले बिर्तामोड–२ का इञ्चार्ज राजेन्द्र पन्धाक, पार्टीका वडाध्यक्ष माधव खरेल, एमाले नगर कमिटी सदस्य तथा जनवर्गीय संगठन प्रमुख विशम लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए ।
राजवंशीको नेतृत्वमा रहेको अनेम संघले कार्यकालभित्र विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको थियो ।