विन्ध्यावासिनीमा नवदुर्गाको नौ वटा रुपको मूर्तिको स्थापना

0
72

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिर परिसरमा शनिबार एक कार्यक्रमकोबीच भगवान गणेशसहित नवदुर्गाको नौ वटा रुपको मूर्ति स्थापना गरिएको छ ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देलको नेतृत्वमा विधिपूर्वक पूजाअर्चना गरि सबै मूर्तिहरुको स्थापना गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् मूर्तिका दाता मनोज जोशीका अनुसार स्थापना गरिएको नवदुर्गाको नौ वटा रुपको मूर्तिहरुमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुशमान्डा, स्कन्दमाता, कात्यायानी, कालरात्री, महागौरी र सिद्धीदात्रीको मूर्ति रहेको छ ।

मूर्तिका दाताहरु अध्यक्ष जोशीसहित अर्जुनधारा–७ निवासी चन्द्रा जोशी र भानु जोशी, अर्जुनधारा–८ निवासी सुशिला जोशी सुवेदी, अर्जुनधारा–९ निवासी पूजा भण्डारी भट्टराई, बिर्तामोड निवासी धनेश्वर जोशी अधिकारी र कृष्ण+निरुशा थपलीया, इटहरी निवासी देवेन्द्र पराजुली र काठमाण्डौं निवासी भारती जोशी भण्डारी र निश्चल जोशी रहेका छन् ।

दाताहरुबाट प्राप्त भएको जम्मा सहयोग रकम दुई लाख १० हजार रुपैयाँमध्ये मूर्ति खरिद(ढुवानीसहित) एक लाख १५ हजार  र मूर्ति स्थापना स्थल निर्माणमा ३० हजार रुपैयाँ खर्च भएको अध्यक्ष जोशीले जानकारी दिए । बाँकी बचत भएको रकम ६५ हजार रुपैयाँ मन्दिरको स्तरोन्नतीमा खर्च गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here