खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण

0
85

किमाथाङ्का (सङ्खुवासभा),

साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका पुस्तक उपलब्ध गराएको छ । ।

कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिनुभयो । एक लाख ५० हजारबराबरको कानुन, साहित्य लगायत अन्य प्रेरणादायक नौ सय थान बढी पुस्तक उपलब्ध गराइएको उहाँ बताउनुभयो ।

अभियानले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने अभियानका साथ काम गरिहेको अध्यक्ष राईले बताउनुभयो । जेलर तुलसी पौडेलका अनुसार कारागारमा एक सय ३५ कैदीबन्दी रहेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here