झापा, भारतीय ट्रक चालकलाई ज्यूँदै जलाएर मारेको आरोपमा प्रहरीले आठ जनालाई कर्तव्य ज्यानमा मुद्धा दर्ता गरेको छ । राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ काठमाडौँमा पक्राउ परे लगत्तै उत्त समूहले समूहले झापा बन्दको आवहान गरेको थियो । बन्दमा उत्रिएका अभियानका कार्यकर्ताले भारतीय ट्रकलाई लक्षित गर्दै आगजनी गरेका थिए । सोही क्रममा काँकरभिट्टाबाट पश्चिम आउँदै गरेका दुई वटा ट्रकमा सो समूहले आगजानी गर्दै चालकलाई ज्यूँदै जलाएका थिए । 
गत असोज ६ गते राति १०ः३० बजे कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको ग्एछठब्त्द्धद्धढघ नं. को भारतीय ट्रक र सोही रातिको बिहान २ः३० बजे बिर्तामोड नगरपालिका वडा न. ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको ध्द्य ठघ भ् घण्छट नं. को अर्को भारतीय ट्रकमा आगजनी गर्दै चालकलाई ज्यँदै जलाएका थिए ।
मोटरसाइकलमा आएका प्रसाईका समर्थकहरूले ट्रक चालकलाई मार्ने उद्देश्यले प्लास्टिकको बोतलमा बोकेको पेट्रोलमा आगो लगाएर (पेट्रोल बम) ट्रकको क्याबिनमा प्रहार गरी आगजनी गरेका थिए । ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए ।
रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बङ्गाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो । उनको उपचारका क्रममा उनको मृत्यु भएको हो । उनको मृत्यु भएसंगै प्रहरीले घटनामा सम्लग्न भएको भन्दै आठ जनालाई कर्तव्य ज्यानको मुद्धा दर्ता गरेको हो ।
प्रहरीले ज्यान मुद्दामा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र अभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ र पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू लाई कर्तव्य ज्यान मुद्धामा पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झाापाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।
भारतीय ट्रक चालकको मृत्यु भएपछि उनका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए ।
भारतीय प्रहरीले नेपाल प्रहरीसँग सहजीकरण गरी मृतकको शव नेपाल पठाएको थियो । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी प्रहरीले शव आफन्तलाई जिम्मा लगाएको छ ।





























