तीब्र गतिमा मोटरसाइकल चलाउँदा…

0
116

झापा । 

तीब्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका–४ स्थित अमलडाँगीमा शनिबारराति १२ बजे केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना परी मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका–८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही मोटरसाइकलमा सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको र डाक्टरले चेकजाँच पश्चात् दुवै जनालाई मृत घोषित गरेका थिए । मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here