मेचीनगरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
165

झापा ।

झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र–०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।

घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर(६ का अन्दाजी ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here