झापा ।
झापाको शिवसताक्षीस्थित दुधेबाट एक भारतीयसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।
शिवसताक्षि–९ दुधेस्थित बिनोद खरेलको घरमा सञ्चालित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए । प्रहरीले जुवाको खालबाट पाँच लाख चार हजार ३० रुपैंया नगद समेत बरामद गरेको छ ।
जुवासहित पक्राउ पर्नेहरुमा शिवसताक्षि नगरपालिका–६ का ५० वर्षीय मिलन भण्डारी, शिवसताक्षि नगरपालिका–९ का ४७ वर्षीय दिपक तामाङ, शिवसताक्षि नगरपालिका–६ बस्ने ४२ वर्षीय नवीन तिम्सिना, शिवसताक्षि नगरपालिका–९ का ३९ वर्षीय प्रकाश लिम्बू, सोही ठाँउका ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाराकोटी, शिवसताक्षि नगरपालिका–११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही ठाँउका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा, शिवसताक्षि नगरपालिका–९ बस्ने ४१ वर्षीय खगेन्द्र उप्रेती, शिवसताक्षि नगरपालिका–१० बस्ने ३९ वर्षीय बिनोद खरेल, शिवसताक्षि नगरपालिका–९ का २० वर्षीय सौगात मैनाली र भारतको कोलकता बस्ने ४१ वर्षीय परिदोश पललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका जुवाडेहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक लागिएको जनाइएको छ ।