पथरीशनिश्चरेमा करेन्ट लागेर एक पुरुषको मृत्यु

0
93

मोरङ ।

मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरिशनिश्चरे–१ का ५९ वर्षीय एकराज भनिने आईतहाङ केदेम लिम्बू रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालका अनुसार नवनिर्माणाधीन घरको भवनमा मल्टिप्लकबाट बत्ती बाल्ने क्रममा करेन्ट लागेर घाईते भएपछि थप उपचारका लागि लिम्बूलाई विराटनगर स्थित बिराट नर्सिङ होममा पठाईएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here