विराटनगर ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरुकाे उद्धार भएकाे हाे ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ । अाज उद्धार यात्राका क्रममा उद्धार टाेली झापाकाे दमकदेखि माेरङकाे विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवहरुकाे उद्धार तथा सेवामा खटिएकाे हाे ।
मंगलबार ६ जना सहयाेगापेक्षी मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये झापाकाे दमक नगरपालिकाबाट २ जना, माेरङकाे बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाकाे र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाकाे उद्धार गरिएकाे हाे । यात्राकाे पहिलाे दिन साेमबार १० जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे
उद्धार गरिएका सडकअाश्रित मानवहरुकाे मानवसेवा अाश्रम विराटनगर सेवाकेन्द्रमा अाज नै गृहप्रवेश गराइएकाे छ । साथै भाेलि बुधबार सुनसरी जिल्लाकाे धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयाेगापेक्षी मानवहरुकाे उद्धार सेवा रहनेछ ।