हचुमासा सामुदायिक वनको २८ औं सभा

0
98

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको २८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष चन्द्र प्रसाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सभामा समूहकी सचिव प्रभा नेपालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र सहसचिव देउकुमार नेम्वाङले गत आर्थिक वर्ष ०८०÷०८१को आय–व्यय विवरण र चालु आर्थिक वर्ष ०८१/०८२को बजेट, वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा पाँच हजार थान विभिन्न प्रजातिका बिरुवाहरु रोपण, उपभोक्ता देवीप्रसाद गिरीसँग जग्गा सट्टापट्टा गरि करिब पाँच कठ्ठा क्षेत्रफलमा वृक्षारोपण गरि वन कायम गरिएको, वन विज्ञान र कृषि विज्ञान जस्ता प्राविधिक शिक्षामा लगानी, अति विपन्न तथा निम्न उपभोक्ताका परिवारहरुलाई चिरान काठ वितरण तथा उपचार खर्च अनुदान सहयोग, हात्ती पीडित उपभोक्ताहरुलाई घर मर्मतका लागि जिन्सी सामग्रीहरु सहयोग, समूहको कार्यक्षेत्रभित्र रहेका विभिन्न मूल तथा शाखा बाटोहरु स्तरोन्नतीका लागि पुरुवा लगाउने कार्य आदि गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा ८५ लाख ४५ हजार एक सय ५९ रुपैयाँ ४० पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षको लागि अनुमानित एक करोड पाँच लाख ९२ हजार चार सय २४ रुपैयाँ ४० पैसा बराबरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसअनुसार गरिबी न्यूनिकरणतर्फ ३९ लाख १९ हजार एक सय ९७ रुपैयाँ दुई पैसा, वन विकासतर्फ २६ लाख ४८ हजार एक सय छ रुपैयाँ १० पैसा, प्रशासनिकतर्फ १५ लाख ८८ हजार आठ सय ६३ रुपैयाँ ६६ पैसा, काठ दाउरा संकलनतर्फ १३ लाख ७७ हजार १५ रुपैयाँ १७ पैसा, सामाजिक विकासतर्फ छ लाख ३५ हजार पाँच सय ४५ रुपैयाँ ४६ पैसा र विविध तथा भैपरीतर्फ चार लाख २३ हजार छ सय ९६ रुपैयाँ ९७ पैसा विनियोजन गरिएको छ ।

सोही सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष प्रेम खत्री, पूर्व अध्यक्षहरु विष्णुप्रसाद प्रसाईं, विजेन्द्रकुमार एक्तेन र रामबहादुर निरौला, जग्गादाता रुद्रप्रसाद दाहाल रहेका छन् । त्यसैगरी निजी वनतर्फ चन्द्रध्वज एक्तेन, परम्परागत कृषितर्फ गंगा गिरी, कृषि तथा पशुपालनतर्फ यामनाथ गिरी, संस्था अन्र्तगतको उत्कृष्ट टोलतर्फ टोल नं.६, उत्कृष्ट कर्मचारी वन हेरालु भक्त ल्वागुन रहेका छन् ।

सभामा वडाध्यक्ष उपेन्द्र बस्नेत, कनकाई सब डिभिजन कार्यालयका कार्यवाहक प्रमुख सुरेशकुमार खनाल, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, नेकपा एमालेका माधव आचार्य, नेपाली काँग्रेसका मदन ढकाल, नेकपा माआवोदी केन्द्रका दुर्गा पौडेल, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, सयपत्री युवा क्लबका अध्यक्ष पवन खनाललगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here