बिर्तामोडमा सवारीको ठक्करबाट एक ब्यक्तिको मृत्यु

0
31

बिर्तामोड ।

झापाको बिर्तामोडमा सवारीको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।

बिर्तामोड–भख्रपुर सडक खण्डस्थित बिर्तामोड–३ बिर्ताबजारमा बनियानीबाट बिर्ताबजार तर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री लाई ठक्कर दिएको थियो ।

सवारीको ठक्करबाट भारतको बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ स्थित शैनिकमोडमा डेरी गरी बस्ने ६५ वर्षीय आसारुलाल पानवारी गम्भिर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बिर्ता सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने सवारी र चालकलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय झापामा सवारी दुर्घटनाको घटना बढ्दै गएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here