झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले बस जलाए

0
33

झापा ।

झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलको नम्बर र चालकको पहिचान भने हुन सकेको छैन ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन्। आगजनीपछि अहिले राजमार्गमा ठूलो भिड लागेको छ । भिडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ। आधा घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात संचालन गरिरहेको छ । अहिले शव घटनास्थलमै छ। प्रहरीले मुचुल्का बनाएर शव उठाउने प्रक्रिया अघि बढाएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here