माईमा रक्तदान कार्यक्रम सम्पन्न

0
146

विमल दहाल, इलाम ।

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजना,भट्टराई कुल वंश प्रतिष्ठान माई नगर समितिको प्रायोजन र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसन्चार सेवाको प्राविधिक सहयोगमा एक दिने रक्तदान कार्यक्रम माईमा आईतवार सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा सहभागी, प्राविधिक तथा अतिथिहरुलाई आयोजक र प्रायोजकका तर्फबाट प्रमाणपत्र, खदा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। रक्तदान गर्ने व्यक्तिहरु, आयोजक, प्रायोजक, स्वंयमसेवक लगायतलाई नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दमकका प्रमुख सिद्धार्थ दहालले धन्यबाद मन्तव्य राख्नु भएको थियो।

माई नगरको वडा नम्बर-३ वडा कार्यालय परिसर र वडा नम्बर-२ को सितली चौकमा सम्पन्न रक्तदानमा २१ महिला सहित ७५ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा माई-२ का वडा अध्यक्ष उर्दबहादुर राईको प्रमुख आतिथ्यता रेडक्रस सभापति मित्रप्रसाद गौतमको अध्यक्षता, भट्टराई कुलवंश प्रतिष्ठान माई नगर शाखा इलामका अध्यक्ष खड्ग प्रसाद भट्टराईको समन्वय-सहयोग र रक्त संचार समिति संयोजक शिव भण्डारीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन रेडक्रस दानाबारी उपशाखा सचिव हरि प्रसाद गुरागाईं र भट्टराई कुलवंश प्रतिष्ठानका टेकनाथ भट्टराईले गर्नु भएको थियोे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here