बिराटनगर,
नेपाली कांग्रेस सुन्दरहरैंचाका नेता तथा साविक नेपाल तरूण दल, सुन्दरपुर गाविस सभापति समेत रहेका कृष्ण शाहीको मृत्यु भएको छ।
सुन्दरहरैंचा -५ घर भएका शाहीको गएराती निधन भएको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले जानकारी दिए।
सभापति तामाङले सामाजिक संजाल फेसबुकमा लेख्दै,’नेपाली कांग्रेस सुन्दरहरैंचाका नेता, साविक नेपाल तरूण दल, सुन्दरपुर गाविस सभापति आदरणीय दाई कृष्ण शाहीको अकल्पनीय निधनको खबरले मर्माहत बनाएको छ ।
उहाँजस्तो उर्जावान्, सहयोगी, मृदभाषी व्यक्तित्वको अवसानले मलाई व्यक्तिगत र सिङ्गो पार्टीलाई ठूलो क्षति पुर्याएको छ । आदरणीय दाईप्रति हार्दिक श्रद्धाञ्जली। उनको उपचारको क्रममा बिराटनगरस्थित नोवेल अस्पताल मृत्यु भएको हो।