सुरुङ्गा (झापा) , यात्रु लिएर काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको रात्रि बसको ठक्करबाट झापामा हजुरबुबा र नातिनीको मृत्यु भएको छ ।
पूर्ब –पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेक वहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको आज साँझ मृत्यु भएको हो । मृतक नातिनीको नाम खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि स्थानीयले पूर्व – पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने दुर्घटनामा सम्लग्न बस तोडफोड गरेका छन् ।
प्र. १– ०१ – ००१ ख ४३३१ नम्वरको बसले पश्चिम दिशा तर्फ गइरहेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो । साइकलमा सवार हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएसंगै स्थानीयले बसमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ट प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो ।–––