हरियाली सामुदायिक वन उपभोक्ता समुहको १९औँ साधारणसभा

0
38

पथरीशनिश्चरे।

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ साधारणसभा मोरङको पथरीमा सम्पन्न भएको छ । पाथरिशनिशारे नगरपालिकाका महासभा प्रमुख मोहनप्रसाद तुम्भापोले हरियाली सामुदायिक वनको समग्र कामले उपभोक्तामा खुसी ल्याएको बताए ।

पाथरी शनिश्चरे वाडा नं. – १/२ वर्षमा स्थापना भएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभुएका नगर प्रमुख तुम्भापोलेले सामुदायिक वनले पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए उपभोक्ता समुहले गरिबका लागि घर बनाउने, उपभोक्तालाई तालिम दिने, आर्थिक सहयोग गर्नेलगायतका कामबाट उपभोक्ता निकै खुसी भएको भन्दै प्रशंसा गरेका छन् ।

वार्षिक साधारण सभाका अध्यक्ष काबुलबहादुर मगर्लेले संक्षिप्त आर्थिक प्रतिवेदन सहित भावी योजना प्रस्तुत गरेका थिए । त्यसैगरी सचिव निर्मला चौहानले आर्थिक वर्ष २०८०/०८१ र वि. कोषाध्यक्ष कमला लिम्बुलेले प्रस्तावित भावी कार्ययोजना तथा आर्थिक प्रतिवेदन २०८१/८२ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिक सम्मान, कर्मचारी सम्मान र पूर्व कार्यसमिति सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष दिलराम राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, उपडिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साह, पाथरी शनिश्चरे वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here